Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौं : गृहमन्त्री लेखक

    आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौं : गृहमन्त्री लेखक

    अनलाइन नेपाल
  • शनिबार, २७ पुष २०८१
  • 111
    SHARES

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेश मार्फत केहि कानुन संशोसन गरेको बताएका छन् ।

    नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २५ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।



    सरकारले बढि मुल्य परे पनि स्वदेशी उत्पादन प्रयोग गर्ने निति लिएको बताउदै मुलुकमा उद्योगको विकासका लागि सरकार प्रतिबद्ध रहेको उनले बताए ।



    गृहमन्त्री लेखकले भने, ‘हिजो रात्री अबेरसम्म बसेर सरकारले महत्वपूर्ण निर्णयहरु गरेको छ । हामीले समृद्धि र आर्थिक विकासका लागि केहि महत्वपूर्ण कानुनहरुलाई संशोधन गरेका छौ । शासकियसुधारसंग सम्बन्धीत कानुनहरु,उद्योग व्यवसाय सहज सञ्चालन हुने कानजुनहरु र शुसासनलाई प्रत्याभुत गर्ने कानुनहरु छन । थप पनि उद्योगहरुको वातावरण निमार्णका लागि सरकारले हमेशा निजि क्षेत्रसंग मिलेर काम गर्न तयार छ ।’

    चाडोभन्दा चाडो कानुन संशोधनका लागि अध्यादेश मार्फत शंसोधन गर्ने सरकारले निर्णय गरेको उनले बताए ।

    गृहमन्त्री लेखकले मुलुकमा लगानीको वातावरण बनाउन गैरआवासिय नेपालीका निमित्त्त महत्वपूर्ण निर्णय गरेको समेत बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार