एजेन्सी । रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले शुक्रबार राष्ट्रपति भ्लादिमिर पुटिन डोनाल्ड ट्रम्पसँग वार्ताका लागि तयार रहेको बताएको छ । रुसको यो घोषणा नवनिर्वाचित अमेरिकी राष्ट्रपतिले दुई नेताबीच बैठक तय भइरहेको बताएपछि आएको हो ।
जनवरी २० मा पदवहाली गर्ने ट्रम्पले रुस र युक्रेनबीचको करिब तीन वर्षे युद्धलाई छिटै अन्त्य गर्नसक्ने बताएका छन् । तर कुनै ठोस योजना प्रस्तुत गरेका छैनन् ।
‘राष्ट्रपतिले बारम्बार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत अन्तर्राष्ट्रिय नेताहरूसँग सम्पर्क गर्न खुला रहेको बताउनुभएको छ’, पुटिनका प्रवक्ता दिमित्री पेसकोभले भनेका छन् ।
ट्रम्पले बिहीबार पुटिनसँग बैठक तय भइरहेको बताएका थिए । ‘उहाँ भेट्न चाहनुहुन्छ, र हामी यसको व्यवस्था गरिरहेका छौँ’, फ्लोरिडाको पाम बिचस्थित मार–ए–लागो रिसोर्टमा रिपब्लिकन गभर्नरहरूसँगको बैठकमा ट्रम्पले भनेका थिए, ‘राष्ट्रपति पुटिन भेट्न चाहनुहुन्छ, उहाँले त्यो सार्वजनिक रूपमा पनि भन्नुभएको छ र हामीले त्यो युद्ध समाप्त गर्नुपर्छ, त्यो एउटा रक्तपातपूर्ण अवस्था हो ।’
क्रेमलिनले ट्रम्पको ‘वार्ताको माध्यमबाट समस्या समाधान गर्ने तयारी’ लाई स्वागत गरेको पेसकोभले शुक्रबार बताए
Leave a Reply