Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • खानेपानी मन्त्रालयका सुधारका काम र भावी योजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

    खानेपानी मन्त्रालयका सुधारका काम र भावी योजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

    अनलाइन नेपाल
  • शुक्रबार, २६ पुष २०८१
  • 123
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले खानेपानी मन्त्रालयका सुधारका काम र भावी योजनाबारे ब्रिफिङ लिएका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा खानेपानीमन्त्री प्रदीप यादव र सचिव प्रमिलादेवी बज्राचार्यले मन्त्रालयको हालको अवस्था, प्रगति, कार्यान्वयनमा देखिएका चुनौती र भावी योजनाको विषयमा जानकारी गराएका हुन् ।



    छलफलमा मेलम्ची खानेपानी आयोजनाको कार्यान्वयन अवस्था, हालका प्रगति र आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) मार्फत भइरहेका अन्य परियोजनाको प्रगतिबारे जानकारी गराइएको थियो ।



    मन्त्रालयले जलवायु परिवर्तनले खानेपानीको स्रोतमा पारेको असरलाई सम्बोधन गर्दै वातावरणमैत्री र दिगो योजना निर्माणमा मन्त्रालयको ध्यान केन्द्रित भएकाले आवश्यक बजेट सुनिश्चितताका लागि माग गरेको छ ।

    सो क्रममा प्रधानमन्त्री ओलीले जनताले शुद्ध, सुलभ र सहजरुपमा खानेपानी पाउने वातावरण निर्माणमा लाग्न तथा सम्बन्धित मन्त्रालय र निकायसँग आवश्यक समन्वय गरी कामलाई गति दिन निर्देशन दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार