Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • यूके पठाइदिन्छु भन्दै ३१ लाख रुपैयाँ ठग्ने रामकृष्ण पक्राउ

    यूके पठाइदिन्छु भन्दै ३१ लाख रुपैयाँ ठग्ने रामकृष्ण पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २६ पुष २०८१
  • 102
    SHARES

    काठमाडौं । वैदेशिक रोजगारीका लागि युके पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

    आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दोलखा वैतेश्वर गाउँपालिका-३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने २४ वर्षीय रामकृष्ण दाहाललाई प्रहरीले पक्राउ गरेको हो।



    रामकृष्णले यूके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३१ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए।



    पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बाट पक्राउ गरेको हो।

    उनलाई आवश्यक अनुसन्धान तथा कारहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार