एजेन्सी । भारतको उत्तर प्रदेशस्थित हरदोई जिल्लामा घुस दिन अस्वीकार गरेपछि सचिवले जीवित व्यक्तिकै मृत्यु प्रमाणपत्र बनाइदिएका छन् ।
आफ्नी श्रीमतीको मृत्यु प्रमाणपत्र बनाउन गएका एक पुरुषले घुस दिन अस्वीकार गपछि बदला लिन गाउँ पञ्चायत सचिवले उनकै मृत्यु प्रमाणपत्र बनाइदिएका हुन् ।
पीडितले डीएमलाई गुनासो गरेपछि सचिवलाई निलम्बन गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । यो सम्पूर्ण मामला हरदोई जिल्लाको कोठावन विकास खण्डको अटवा गाउँको हो ।
यहाँका विश्वनाथकी श्रीमती शान्ति देवीको १९ डिसेम्बर २०२४ मा मृत्यु भएको थियो । त्यसपछि विश्वनाथ आफ्नी श्रीमतीको मृत्यु प्रमाणपत्र बनाउन गाउँ पञ्चायत सचिव सरिता देवीकहाँ गएका थिए ।
विश्वनाथका अनुसार सुरुमा सरिता देवी मृत्यु प्रमाणपत्र बनाउन हिचकिचाइन् । त्यसपछि उनले मृत्यु प्रमाणपत्र जारी गर्न दुई हजार रुपैयाँ माग गरिन् । जब विश्वनाथले सचिवलाई घुस दिन अस्वीकार गरे।
उनले विश्वनाथलाई धेरै दौडाए। अन्तमा प्रमाणपत्र बनाउँदा श्रीमती शान्ति देवीको होइन बरू बनाइदिएको समाचारमा उल्लेख छ । सरिता देवीले विश्वनाथ ‘विश्वनाथको’ मृत्यु प्रमाणपत्र हस्तान्तरण गरिन् ।
विश्वनाथले घटनास्थलमा प्रमाणपत्र राम्रोसँग देख्न नसकेको बताए । तर, जब उनी घर गए र प्रमाणपत्र देखे उनी छक्क परे ।
Leave a Reply