काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले नेपालमा अम्पायरिङको स्तरमा सुधार गर्नु आवश्यक रहेको बताएका छन् ।
लामिछानेले सामाजिक सञ्जालमा लेख्दै सो कुरा बताएका हुन् । उनले अम्पायरिङ लामो समयदेखि अस्तव्यस्त रहेको र आवश्यक कदम नचालिएको बताए।
लामिछानेले लेखेका छन्,‘मैले यो भन्नुपर्दैन, तर नेपालमा अम्पायरिङको स्तरमा उल्लेख्य सुधार आवश्यक छ । यो लामो समयदेखि अस्तव्यस्त रहेको र आवश्यक कदम चालिएन भने भविष्यमा गलत निर्णयका कारण अनगिन्ती खेलाडीले पीडा भोग्नुपर्नेछ।हामीले कप्तानको रिपोर्ट रेफ्रीलाई प्रदान गर्छौं, तर पनि म कुनै परिवर्तन भएको देख्दिनँ । खेलको निष्पक्ष विकास र खेलाडीहरूको विकासका लागि अम्पायरिङको गुणस्तर अभिवृद्धि महत्त्वपूर्ण छ । आशा छ, सम्बन्धित निकायले ध्यान दिनु हुनेछ र आवश्यक सुधारको लागि पहल गर्नेछ।’
हाल जारी जय ट्रफी एलिट कपमा सहभागी बाग्मती प्रदेश टीमका कप्तान रहेका लामिछानेले खेलको निष्पक्ष विकास र खेलाडीको विकासका लागि अम्पायरिङको गुणस्तर अभिवृद्धि महत्त्वपूर्ण रहेको उल्लेख गरे ।
Leave a Reply