Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • ओलीसँग सम्बन्धविच्छेद गर्न खोज्दै देउवा

    ओलीसँग सम्बन्धविच्छेद गर्न खोज्दै देउवा

    अनलाइन नेपाल
  • शुक्रबार, २६ पुष २०८१
  • 1.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबीच असन्तुष्टि बढ्दै गइरहेको छ । दुई दलबीच दूरी बढेसँगै सरकार हेरफेरको चर्चासमेत सुरु भएको छ ।

    प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाका बीचमा पछिल्लो समय असन्तुष्टि बढेको हो ।



    सरकार गठनअघि दुई दलबीच भएको सातबुँदे सहमति, राजनीतिक दल विभाजनका लागि ल्याउन खोजिएको अध्यादेश, कुलमान घिसिङलाई हटाउन भइरहेको खेल र अन्तर्राष्ट्रिय सम्बन्ध गिजोल्न खोजिएको विषयमा ओली र देउवाको तालमेल मिलेको छैन ।



    प्रधानमन्त्री ओली ‘संविधान संशोधनबाट ब्याक’ भएपछि सत्तारूढ कांग्रेसले त्यसमा आपत्ति जनाएको छ । ओलीले तत्काल संविधान संशोधन नहुने भन्दै २०८७ मा मात्रै संविधान संशोधन हुने बताएपछि कांग्रेस नेताहरू असन्तुष्टि पोखिरहेका छन् ।

    गत १७ असारको मध्यराति नेपाली कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिमा संविधान संशोधन गर्ने एजेन्डासमेत छ । तर, दुई दलबीच भएको सहमतिविपरीत प्रधानमन्त्री ओलीले अभिव्यक्ति दिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार