Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • अमेरिकी डलर र युरो स्थिर, अन्य कुन देशको मुद्राको मूल्य कति ?

    अमेरिकी डलर र युरो स्थिर, अन्य कुन देशको मुद्राको मूल्य कति ?

    अनलाइन नेपाल
  • शुक्रबार, २६ पुष २०८१
  • 78
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

    राष्ट्र बैंकले निर्धारण गरेको दरअनुसार आज अमेरिकी डलर र युरोपियन युरोको मूल्य स्थिर रहेको छ । सिंगापुर डलर, जापानी येन, थाई भाट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, कुवेती दिनार, बहराइन दिनारको मूल्य भने बढेको छ ।



    युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्यांक, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, कतारी रियालको मूल्य घटेको छ ।



    विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३७ रूपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३७ रूपैयाँ ६६ पैसा कायम भएको छ ।

    युरोपियन युरो एकको खरिदर एक सय ४१ रूपैयाँ १८ पैसा र बिक्रीदर एक सय ४१ रूपैयाँ ८० पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६८ रूपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ६९ रूपैयाँ १२ पैसा तोकिएको छ । स्वीस फ्र्यांक एकको खरिदर एक सय ५० रूपैयाँ २२ पैसा र बिक्रीदर एक सय ५० रूपैयाँ ८८ पैसा कायम गरिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिदर ८४ रूपैयाँ ९३ पैसा र बिक्रीदर ८५ रूपैयाँ ३० पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रूपैयाँ २४ पैसा र बिक्रीदर ९५ रूपैयाँ ६६ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिदर एक सय रूपैयाँ १३ पैसा र बिक्रीदर एक सय रूपैयाँ ५७ पैसा निर्धारण गरिएको छ ।

    जापानी येन १० को खरिदर आठ रूपैयाँ ६८ पैसा र बिक्रीदर आठ रूपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रूपैयाँ ६९ पैसा र बिक्रीदर १८ रूपैयाँ ७७ पैसा तोकिएको छ ।

    साउदी अरेबियन रियाल एकको खरिदर ३६ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७६ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रूपैयाँ ९६ पैसा र बिक्रीदर तीन रूपैयाँ ९८ पैसा, यूएई दिराम एकको खरिदर ३७ रूपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४८ पैसा तोकिएको छ ।

    मलेसियन रिंगेट एकको खरिदर ३० रूपैयाँ ४४ पैसा र बिक्रीदर ३० रूपैयाँ ५७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ३८ पैसा र बिक्रीदर नौ रूपैयाँ ४२ पैसा तोकिएको छ ।

    स्वीडिस क्रोनर एकको खरिदर १२ रूपैयाँ २९ पैसा र बिक्रीदर १२ रूपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिदर १८ रूपैयाँ ९२ पैसा र बिक्रीदर १९ रूपैयाँ तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रूपैयाँ ६२ पैसा र बिक्रीदर १७ रूपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४४ रूपैयाँ ४३ पैसा र बिक्रीदर चार सय ४६ रूपैयाँ ३८ पैसा तोकिएको छ ।

    बहराइन दिनार एकको खरिदर तीन सय ६३ रूपैयाँ ५६ पैसा र बिक्रीदर तीन सय ६५ रूपैयाँ १६ पैसा तोकिएको छ ।

    ओमनी रियाल एकको खरिदर तीन सय ५६ रूपैयाँ दुई पैसा र बिक्रीदर तीन सय ५७ रूपैयाँ ५८ पैसा तथा भारतीय रूपैयाँ एक सयको खरिदर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार