Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • नेप्से १८ अंकले घट्दा ७ अर्ब ३० करोडको सेयर कारोबार

    नेप्से १८ अंकले घट्दा ७ अर्ब ३० करोडको सेयर कारोबार

    अनलाइन नेपाल
  • बिहिबार, २५ पुष २०८१
  • 114
    SHARES

    काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से १८.१४ अंकले घटेको छ ।

    लगातार बढेको नेप्सेमा आजको गिरावटपछि नेप्से २६३५ मा कायम भएको हो । बजारको परिसूचक घट्दा कारोबार रकम भने बढेको छ ।



    अघिल्लो दिन ६ अर्ब ४० करोडको कारोबार भएकोमा आज ७ अर्ब ३० करोडको कारोबार भयो । जम्मा ५५ कम्पनीको मूल्य बढ्दा १८० को घट्यो भने ७ को स्थिर रह्यो ।



    होटल तथा पर्यटन समूह ०.९९ प्रतिशत बढ्दा अरु सबै सेक्टर घटे । फाइनान्स २.९३ प्रतिशत घट्यो ।

    बैंकिङ ०.४३, विकास बैंक २.०४, हाइड्रोपावर ०.३८, लगानी ०.३७, जीवन बीमा १.१४, उत्पादन ०.८६, माइक्रोफाइनान्स १.२५, निर्जीवन बीमा ०.३४, अन्य ०.४४ र व्यापार ०.७४ प्रतिशत घटे ।

    कारोबार रकमका आधारमा सुपरमादी हाइड्रोपावर, सप्तकोशी विकास बैंक, सिन्धु विकास बैंक, हिमालयन पावर पार्टनर र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः अगाडि रहे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार