Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • सूर्यदर्शन सहकारी प्रकरणमा रविसहितको थुनछेक बहस सकियो, आजै आदेश आउने सम्भावना

    सूर्यदर्शन सहकारी प्रकरणमा रविसहितको थुनछेक बहस सकियो, आजै आदेश आउने सम्भावना

    अनलाइन नेपाल
  • बिहिबार, २५ पुष २०८१
  • 189
    SHARES

    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीहरुको थुनछेक बहस सकिएको छ ।

    सभापति लामिछानेसमेत मुछिएको पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सरकारी वकिलको तर्फबाट बहस सकिएको हो ।



    आजै न्यायाधीश नीतिज राईले लामिछाने लगायतलाई थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्ने आदेश गर्ने सम्भावना रहेको छ ।



    बुधबार लामिछानेसहित सात जना प्रतिवादीका तर्फबाट थुनछेक बहस सकिएर जाहेरवालाका तर्फबाट जवाफी बहस भएको थियो ।

    थुनछेक बहसमा प्रतिवादीले उठाएका विषयमाथि आज सरकारी वकिलको तर्फबाट जवाफी बहस भएको हो ।

    उच्च सरकारी वकिल कार्यालय पोखरा र जिल्ला सरकारी वकिल कार्यालय कास्कीतर्फबाट जवाफी बहस सकिएसँगै आजै आदेश आउनसक्ने सम्भावना रहेको जिल्ला अदालत कास्की स्रोतले बतायो ।

    लामिछानेसहित पूर्वडिआइजी छविलाल जोशी, लिला पछाईं, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर र आरती गुरुङविरुद्ध जवाफी बहस सकिएसँगै न्यायाधीश नीतिज राइको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने फैसला गर्नेछन् ।

    उनीहरुविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले १ अर्ब ५१ करोड बिगो माग दाबीसहित पुस ५ गते थप र ७ गते पुरक अभियोजन पत्र जिल्ला अदालतमा दर्ता गराएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार