Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • वायुसेवा निगमको व्यवसायिक योजना कार्यान्वयनमा ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन

    वायुसेवा निगमको व्यवसायिक योजना कार्यान्वयनमा ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन

    अनलाइन नेपाल
  • बिहिबार, २५ पुष २०८१
  • 132
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले नेपाल वायुसेवा निगमको व्यवसायिक योजनालाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ।

    आज बसेको समिति बैठकले नेपाल वायुसेवा निगमको व्यवसायिक योजनालाई पूर्णरुपमा कार्यान्वयनमा ल्याई सोको प्रगति समितिमा पेश गर्न निर्देशन दिएको हो।



    बैठकले भैरहवा र पोखरा अन्तराष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सम्बद्ध निकायहरुबीच सम्झौता, समन्वय एवं पहलकदमी लिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ भने निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई शीघ्र अघि बढाउन निर्देशन दिएको छ।



    बैठकले पर्यटन मन्त्रालयको समग्र नीतिगत, संरचनागत र व्यवस्थापकीय सुधार गर्न कार्यान्वयन योग्य कार्ययोजना यथाशिघ्र निर्माण गरि समितिलाई जानकारी गराउन समेत निर्देशन दिएको छ।

    त्यस्तै, वायुसेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गरी एक महिनाभित्र समितिलाई प्रतिवेदन पेस गर्न उपसमिति गठन भएको छ।

    पर्यटन समितिको बैठकले सांसद शिशिर खनालको संयोजकत्वमा ४ सदस्यीय उपसमिति गठन गरेको हो। उपसमितिमा खनालसहित छिरिङ ल्हामु लामा, योगेश गौचन थकाली र सुनिता बराल छन्।

    समितिका निर्णयहरूबारे जानकारी गराउँदै समिति सभापति राजकिशोर यादवले नेपाल वायु सेवा निगम अध्ययन समितिले एक महिनाभित्रमा प्रतिवेदन पेस गर्ने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार