Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • प्रचण्डले भने – शान्तिप्रक्रियाका बाँकी काम सहमतिमै टुंग्याउनुपर्छ

    प्रचण्डले भने – शान्तिप्रक्रियाका बाँकी काम सहमतिमै टुंग्याउनुपर्छ

    अनलाइन नेपाल
  • बुधबार, २४ पुष २०८१
  • 126
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रियाका बाँकी काम सहमतिमै टुंग्याउनुपर्ने बताएका छन् ।

    राज्यद्वारा बेपत्ता पारिएका राजेन्द्र ढकालको २६औं स्मरण दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।



    विगतमा आफूलाई पटकपटक बहुमत र अल्पमतको आधारमा शान्तिप्रक्रियासँग जोडिएको विधेयक टुंग्याउन आग्रह गरिएको भए पनि सधैँ त्यसलाई इन्कार गरेको अध्यक्ष प्रचण्डको भनाइ छ ।



    अध्यक्ष प्रचण्डले भने,‘मलाई पटकपटक बहुमत र अल्पमतको आधारमा शान्तिप्रक्रियासँग जोडिएको विधेयक टुंग्याउन आग्रह गरिएको थियो । तर, मैले त्यसलाई इन्कार गरिरहेँ । हामीले जसरी १२बुँदे समझदारी र शान्तिसम्झौतामा सहमति गरेका छौं, त्यसैको मर्म र भावनाअनुसार नै यसलाई टुंग्याउनुपर्छ ।’

    बिचलित भएर सहमतिबाट दायाँबायाँ भए शान्तिप्रक्रिया अझै धेरै वर्ष अलपत्र पर्न सक्ने भन्दै उनले यसमा निरन्तर सहमतिको प्रयास भइरहेको बताए ।

    केही राजनीतिक शक्तिहरूले यसलाई माओवादीविरुद्ध प्रयोग गर्ने हतियारको रूपमा लिएका कारण पनि शान्तिप्रक्रियाका बाँकी काम टुंगिन समस्या आएको प्रचण्डको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार