Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • माओवादीलाई तह लगाउने अन्तिम हतियार शान्ति प्रक्रियालाई ठानिँदै छ : प्रचण्ड

    माओवादीलाई तह लगाउने अन्तिम हतियार शान्ति प्रक्रियालाई ठानिँदै छ : प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, २४ पुष २०८१
  • 240
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी सिध्याउने अन्तिम हतियार शान्ति प्रक्रियालाई बनाईएको आरोप लगाएका छन् ।

    शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । उनले शान्ति प्रक्रियाका बाँकी काम राजनीतिक कारणले नै टुंग्याउन कठिन भएको बताए।



    उनले आफू शान्ति प्रक्रिया र १२ बुँदे सहमतिका आधारमा समझदारीबाटै टुंग्याउनुपर्ने पक्षमा रहेको बताए ।



    अध्यक्ष प्रचण्डले भने,’टुंग्याउन कठिन भएको राजनीतिक कारणले नै हो । त्यहाँ कन्फ्युजन हुनुपर्ने कुरा केही छैन। माओवादी सिध्याएर मात्रै के गर्नुपर्छ गरौँला भन्ने राजनीतिक सोच र प्रवृत्तिका मान्छे पनि छन् । यो कुरा आवेग पनि होइन, सेन्टिमेन्ट पनि होइन । राजनीतिक नेतृत्व र प्रवृत्ति त्यस्तो छ । टुंगिन लागेका बेला गएर रोक्छ । माओवादी नेतृत्वलाई तह लगाउन, ठिक गर्न र सिध्याउने अन्तिम हतियार यही हो । टुंग्याउनु हुन्न भन्ने प्रवृत्ति छ ।’

    उनले एमालेप्रति लक्षित गर्दै माओवादी सिध्याएर मात्रै टुंग्याउने सोच र प्रवृत्ति रहेको बताए ।

    पीडितले पनि सडकबाट राज्य र नेतृत्वलाई दबाब नदिए अर्को १८ वर्षमा पनि नटुंगिने खतरा रहेको उनले बताए । शान्तिपूर्ण ढंगबाट राजनीतिक नेतृत्वलाई दबाब दिए छिट्टै टुंगोमा पुग्ने उनको विश्वास छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार