काठमाडौं । नायिका आँचल शर्मा विवाह बन्धनमा बाधिएकी छिन् ।
बिहिबार राजधानीको बुढानीलकण्ठस्थित होटल पार्क भिलेजमा नायिका शर्माले प्रेमी उदिप श्रेष्ठसँग भव्य समारोहको आयोजना गरी हिन्दू परम्पराअनुसार बिबाह बन्धनमा बाधिएकी हुन् । उनीहरुले एक वर्ष लामो प्रेमसम्बन्धलाई परिणत गरेका हुन् ।
वैवाहिक समारोहमा दुबै पक्षका आफन्त र सिनेकर्मीहरुको उपस्थिती रहेको थियो । आँचलले विवाहका तस्वीरहरु सामाजिक सञ्जालमार्फत शेयर गरेकी छिन् ।
उनीहरुले फागुन १३ गते इङ्गेजमेन्ट गरेका थिए । गतबर्षको दशैंमा भेट भएपछि नजिक भएका आँचल र उदिप प्रेममा परेका थिए।
Leave a Reply