Online Nepal
  • बुधबार, २४ पुष २०८१
  • पूर्व आईजीपी सर्वेन्द्र खनालले छाडे एमाले, भने – राजनैतिक पार्टीसँग आवद्ध छैन

    पूर्व आईजीपी सर्वेन्द्र खनालले छाडे एमाले, भने – राजनैतिक पार्टीसँग आवद्ध छैन

    अनलाइन नेपाल
  • आइतबार, २१ पुष २०८१
  • 909
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनालले एमाले छाडेका छन् । आज बिहान फेसबुकमा स्टाटस लेख्दै खनालले आफू कुनै पनि राजनीतिक दलमा आवद्ध नभएको जानकारी गराएका हुन् ।

    खनालले आफू स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानमा काम गरिरहेको पनि बताएका छन् । उनले देश र समाजको हितका लागि सक्दो काम गरिरहने पनि बताएका छन् ।



    ‘हजुरहरू मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन,’ उनले लेखेका छन्, ‘म स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु । म देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकुल सधैँ सक्दो कार्यहरू गरिरहने छु ।’



    २०७४ देखि २०७६ सम्म प्रहरी प्रमुख रहेका खनाल २०७९ मा एमाले प्रवेश गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार