Online Nepal
  • मंगलबार, २३ पुष २०८१
  • रविलक्षित गगनको टिप्पणी – ठगी गरे प्रहरीले पाता फर्काएर लैजान्छ, सडकमा तमासा नदेखाए हुन्छ

    रविलक्षित गगनको टिप्पणी – ठगी गरे प्रहरीले पाता फर्काएर लैजान्छ, सडकमा तमासा नदेखाए हुन्छ

    अनलाइन नेपाल
  • शनिबार, २० पुष २०८१
  • 669
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगलाई प्रहरीले पाता फर्काएर लैजाने बताएका छन् ।

    शनिवार आयोजित गण्डकी कांग्रेसको एक दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै महामन्त्री गगनले यस्तो बताएका हुन् । उनले कानुनी शासनमा कोही कसैले ठगी र बदमासी गरेर प्रहरीको कठघरामा उभिनुपर्ने बताए ।



    बोलीचालीको भाषामा यसलाई प्रहरीले पाता फर्काएर लैजान्छ भन्ने थापाले बताए । उनले यदि सहकारी ठगीमा कांग्रेस नेता पनि परेको भए आफूले यसै गरी पाता फर्काएर लैजान गृहमन्त्री र प्रधानमन्त्रीसमक्ष भनिरहेको बताए ।



    ‘सहकारी खोलेर ठग्यो भने । त्यो सहकारीको पैसा लगेर महिनामा आठौँ लाख, १० औँ लाख तलब खाएर लुटपाट ग¥यो भने, त्यसलाई के गर्छ प्रहरीले ? हाम्रो बोलीचालीको भाषामा पाता फर्काएर लैजान्छ,’ महामन्त्री गगनले भने, ‘त्यही होइन कानुनको शासन भनेको ? सबैलाई बराबर हुनुपर्छ होइन ?’

    उनले यो रास्वपा सभापति रवि लामिछाने लक्षित टिप्पणी गरेका हुन् । साथै उनले प्रहरीको थुनामा रहेका व्यक्तिबारे पार्टीको झन्डा बोकेर सडकमा तमासा देखाउन नहुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार