Online Nepal
  • मंगलबार, २३ पुष २०८१
  • संविधान संशोधनबारे अघि सारेका ४ विकल्पमाथि केन्द्रीय समितिमा छलफल गर्दै माओवादी

    संविधान संशोधनबारे अघि सारेका ४ विकल्पमाथि केन्द्रीय समितिमा छलफल गर्दै माओवादी

    अनलाइन नेपाल
  • शुक्रबार, १९ पुष २०८१
  • 213
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले संविधान संशोधनका लागि चारवटा विकल्पमा केन्द्रीय समिति बैठकमा छलफल गर्ने भएको छ ।

    शुक्रबार बसेको स्थायी समिति बैठकले संविधान संशोधनका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, सांसद मन्त्री बन्न नपाइने र प्रतिनिधि सभामा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित हुनुपर्ने विकल्पहरू अघि सारेको छ ।



    सोही विकल्पहरूमा आइतबारबाट सुरु हुने केन्द्रीय समिति बैठकमा छलफल हुने भएको हो ।



    ती विकल्पबारे शुक्रबारको स्थायी समिति बैठकमा छलफल भएको र केन्द्रीय समिति बैठकमा पनि छलफल हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

    अब सो विकल्पहरूबारे केन्द्रीय समितिले निर्णय गर्नेछ । सत्तारुढ दलहरुले संविधान संशोधनको तयारी गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार