Online Nepal
  • मंगलबार, २३ पुष २०८१
  • माओवादी प्रवक्ता सापकोटा भन्छन् – सरकारले सदन छलेर दल विभाजन अध्यादेश ल्याउन खोज्दैछ

    माओवादी प्रवक्ता सापकोटा भन्छन् – सरकारले सदन छलेर दल विभाजन अध्यादेश ल्याउन खोज्दैछ

    अनलाइन नेपाल
  • शुक्रबार, १९ पुष २०८१
  • 222
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सदन छलेर सरकारले दल विभाजन अध्यादेश ल्याउन खोजेको आरोप लगाएका छन् ।

    पेरिसडाँडामा बसेको स्थायी समिति बैठकपछि बोल्दै उपाध्यक्षसमेत रहेका प्रवक्ता सापकोटाले उक्त आरोप लगाएका हुन् ।



    प्रवक्ता सापकोटाले संसद् बैठक बोलाउन आनाकानी गर्नुमा सरकारको बदनियत हुनसक्ने शंका आफूहरूले गरेको बताए ।



    प्रवक्ता सापकोटाले भने,‘यो सरकारको गतिविधि हेर्दा संसद् बोलाउन आनाकानी गर्ने अर्थात् बोलाउन ढिला गर्ने भएको छ । यी सबैले लोकतन्त्रमाथि नै गम्भीर समस्या पैदा हुँदैछ । लोकतन्त्रको आत्मा भनेको संसद् हो । संसद् नै नबोलाएपछि लोकतन्त्र फस्टाउँदैछ । कमसेकम बैठक त समयमा बोलाउनुपर्‍यो।’

    अब सबै दलहरूसँग छलफल गरेर संसद् आह्वानका लागि प्रभावकारी रुपमा दबाब चलाउनेगरी माओवादीले सोच बनाएको उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार