Online Nepal
  • आइतबार, २१ पुष २०८१
  • दक्षिण कोरियाका पूर्व राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी

    दक्षिण कोरियाका पूर्व राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी

    अनलाइन नेपाल
  • मंगलबार, १६ पुष २०८१
  • 129
    SHARES

    एजेन्सी।  दक्षिण कोरियाको राजधानी सियोलको एक अदालतले पूर्व राष्ट्रपति युन सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

    युनले देशमा लगाएको मार्सल लका कारण यो वारेन्ट जारी गरिएको हो । पूर्व राष्ट्रपति युनले डिसेम्बर ३ मा देशमा मार्सल ल लगाएका थिए ।



    तर, चर्को विरोधपछि उनले ६ घण्टाभित्र आफ्नो निर्णय फिर्ता लिनुपरेको थियो । यसपछि युनविरुद्ध महाभियोग प्रस्ताव ल्याइयो र उनलाई राष्ट्रपति पदबाट हटाइयो।



    युनको मार्शल ल लागू गर्ने निर्णयको बिरूद्ध अनुसन्धान भइरहेको छ। उनलाई विद्रोह र देशद्रोहको आरोप लगाइएको छ।

    अनुसन्धानका क्रममा विगत दुई सातामा पूर्वराष्ट्रपतिलाई सोधपुछका लागि तीनवटा समन पठाए पनि उनले बेवास्ता गरेका थिए । त्यसपछि उनीविरुद्ध यो वारेन्ट जारी भएको हो ।

    वारेन्ट मार्फत, अदालतले अन्वेषकहरूलाई युनसँग सोधपुछ गर्न र उनलाई हिरासतमा लिन ४८ घण्टाको समय दिएको छ।

    आइतबार राती, अनुसन्धानकर्ताहरूले विद्रोह र शक्तिको दुरुपयोगको आरोपमा पक्राउ पुर्जी मागेका थिए। तर, युनका वकिलले अन्वेषकहरूको यो कदमलाई ‘अवैध’ भनेका छन्।

    मार्शल लको घोषणापछि दक्षिण कोरिया राजनीतिक संकटमा छ । युन र उनका उत्तराधिकारी दुवैलाई महाभियोगमार्फत हटाइयो। -बिबिसी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार