Online Nepal
  • आइतबार, २१ पुष २०८१
  • सूर्यदर्शन सहकारी ठगी प्रकरण : रविसहित ७ जनाकै बयान सकियो, थुनछेक बहस सुरु हुँदै

    सूर्यदर्शन सहकारी ठगी प्रकरण : रविसहित ७ जनाकै बयान सकियो, थुनछेक बहस सुरु हुँदै

    अनलाइन नेपाल
  • मंगलबार, १६ पुष २०८१
  • 420
    SHARES

    फाइल तस्विर

    काठमाडौं । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेसहित ७ जनाको बयान सकिएको छ।

    जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा छविलाल जोशी, लीला पछाई, रवि लामिछाने, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मिना गुरुङ र आरती गुरुङको बयान सकिएको हो।



    आजैबाट थुनछेक बहस पनि सुरु हुने जिल्ला अदालत कास्की स्रोतले बतायो। यसअघि पुस ७ मा सातैजनाविरुद्ध १ अर्ब ५१ करोड रुपैयाँ बिगो दाबी गर्दै कास्की अदालतमा पूरक अभियोग दर्ता भएको थियो।



    पुस ८ बाट प्रतिवादीको बयान लिन सुरु गरिएको थियो । सबै प्रतिवादीहरूको बयान सकिएसँगै आजैबाट थुनछेक बहस थालिएको हो ।

    जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

    लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमासमेत मुद्दा दायर भएको छ ।

    जाहेरवालाको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयले ७ जनालाई नै पुर्पक्षका लागि कारागार चलान गर्नुपर्ने माग गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार