Online Nepal
  • शनिबार, २० पुष २०८१
  • भ्रष्टाचार र बेतिथि रोक्न प्रत्यक्ष निर्वाचन प्रणालीबाट राष्ट्रपति बनाउनुपर्छ : प्रचण्ड

    भ्रष्टाचार र बेतिथि रोक्न प्रत्यक्ष निर्वाचन प्रणालीबाट राष्ट्रपति बनाउनुपर्छ : प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, १५ पुष २०८१
  • 174
    SHARES

    फाइल तस्विर

    झापा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार र बेतिथि रोक्न प्रत्यक्ष निर्वाचन प्रणालीबाट राष्ट्रपति बनाउनुपर्ने बताएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापाको गौरीगञ्ज गाउँपालिकामा सोमबार आयोजित खबरदारी सभा तथा बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले सङ्घीय लोकतान्त्रिक र गणतन्त्र नै मुख्य राजनीतिक व्यवस्था हो भने शासकीय स्वरूप निर्वाचन प्रणाली अनुसार प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भए मात्र मुलुकमा स्थिरता र सुशासन कायम रहन सक्नेमा जोड दिए ।



    प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भएलगतै भ्रष्टाचार र बेतिथिको मुहान पुरिन सक्ने उनको विश्वास छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार