Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • गगन थापाले भने-सरकार असहमति राख्ने नागरिकलाई प्रहरी लगाएर तर्साउँदैछ

    गगन थापाले भने-सरकार असहमति राख्ने नागरिकलाई प्रहरी लगाएर तर्साउँदैछ

    अनलाइन नेपाल
  • आइतबार, ४ असोज २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेता तथा सांसद गगनकुमार थापाले सरकारकाे रवैयामाथि प्रश्न उठाएका छन्। उनले सरकारप्रति असहमति राख्नेलाई प्रहरी लगाएर तर्साउन खोजिने काम भइरहेकाे बताए।

    बब्लु गुप्तामाथि बबरमहलमा भएको घटनाले प्रहरी प्रशासन कति संवेदनहीन र असक्षम छ भन्ने पुष्टि गरेको नेता थापाको निश्कर्ष छ । यस्ता घटनालाई छिटपुट घटना भनेर पन्छिन मिल्ने अवस्था र सुविधा प्रहरीसँग नभएको उनी बताउँछन् ।



    बब्लु गुप्तालाई घेराहालेर निर्घात कुटेकै दिन प्रहरीले अनामनगरका मनिष श्रेष्ठलाई रक्ताम्य पारेर कुटपिट गरेको थियो । सामाजिक दुरी कायम गरेर मास्क सहित अन्तर्वार्ता दिईरहेका बसन्त पौडेललाई प्रहरी निरीक्षक नेतृत्वको टोलीले लखेटी लखेटी कुटेका थिए । यो घट्ना छानबिन गर्नेतर्फ प्रहरीको ध्यान गएको छैन ।



    प्रहरी ज्यादती काठमाडौंमा मात्रै सीमित छैन । एउटै व्यक्तिलाई दुई दुई वटा लठ्ठी भाँचिने गरी कुटेका थिए । प्रहरीमाथि दुव्र्यवहार गर्दा सामाजिक सञ्जाल लगायतका ठाउँमा स्वतःस्र्फूत रुपमा न्यायका लागि मानवताका लागि सर्वसाधारणले नै आवाज उठाएका थिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार