Online Nepal
  • शनिबार, २० पुष २०८१
  • नागार्जुनका मेयरविरूद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर, बिगो १३ करोड रुपैयाँ

    नागार्जुनका मेयरविरूद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर, बिगो १३ करोड रुपैयाँ

    अनलाइन नेपाल
  • आइतबार, १४ पुष २०८१
  • 336
    SHARES

    काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार बस्नेतविरूद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको छुट्टाछुट्टै मुद्दा दायर गरेको हो । बस्नेतसँगै उनकी श्रीमती उर्मिला र राजुप्रसाद कँडेलविरूद्ध पनि मुद्दा दायर भएको बताइएको छ ।



    अन्य दुई वटा कम्पनीविरूद्ध पनि मुद्दा दायर भएको हो। माउन्टेन टेलिभिजनका मालिकसमेत रहेका
    राजुप्रसाद पद्म कोलोनी प्राली र पद्म मर्चेन्ट प्रालीका सञ्चालक हुन्। दुई वटै कम्पनीविरूद्ध पनि मुद्दा दायर भएको हो ।



    बस्नेतले पद्मा मर्चेन्ट कम्पनी प्रालि र यसका सञ्चालक/अध्यक्ष राजुप्रसाद कँडेलबाट गैरकानूनी रूपमा जग्गा तथा रकम लिएर बिक्रीसमेत गरेको आयोगको दाबी छ ।

    ​ बस्नेतले नगर प्रमुखको पद ओहदाको दुरुपयोग गरी नागार्जुन नगरपालिकामै कार्यक्षेत्र रहको घररजग्गा व्यवसायी पद्मा कोलोनी प्रालि/पद्मा मर्चेन्ट कम्पनी प्रालि /जगतगुरु कृपालु प्रतिष्ठान नेपालका सञ्चालकरअध्यक्ष राजुप्रसाद कँडेलबाट घुस लिने मनसायले जगतगुरु कृपालु प्रतिष्ठान नेपाललाई नगरपालिकाबाट विभिन्न शीर्षकमा कर छुट दिएको पाइएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ

    मोहन बस्नेतविरूद्ध भ्रष्टाचारको मुद्दामा ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँको बिगो कायम गरिएको छ । त्यस्तै सम्पत्ति शुद्धकरणमा १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँको बिगो कायम भएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार