भरतपुर । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारी सूर्य मिश्र मृत फेला परेका छन् । अस्पतालभित्रको नहरमा मिश्र मृत फेला परेको अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले जानकारी दिए ।
उनको शव अस्पताल हुँदै बगेको नहरमा शनिबार भेटिएको हो । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
मृतक मिश्र अस्पतालको इन्जिनियरिङ तर्फ कार्यरत रहेको उनले बताए । प्रहरी घटनास्थल पुगिसकेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।
Leave a Reply