Online Nepal
  • सोमबार, १५ पुष २०८१
  • धनगढीका मेयर हमालको स्वास्थ्य अवस्था बुझ्न निवासमै पुगे प्रचण्ड

    धनगढीका मेयर हमालको स्वास्थ्य अवस्था बुझ्न निवासमै पुगे प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, १३ पुष २०८१
  • 693
    SHARES

    कैलाली । धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनेको निवासमा घुइँचो लाग्न थालेको छ ।

    भारतको दिल्लीबाट केही दिनअघि मस्तिष्क घातको उपचार गरेर फर्किएका नगरप्रमुख हमाल हाल घरमै आराम गरिरहेका छन् । तर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिनेहरुको घरमै घुइँचो लाग्न थालेको हो ।



    शनिबार मात्रै पूर्वप्रधानमन्त्रीदेखि मन्त्रीहरुले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । मेयर हमालको स्वास्थ्य अवस्था बुझ्न पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार निवासमै पुगेका थिए ।



    माओवादी केन्द्रद्वारा कञ्चनपुरको पुनर्वासमा शनिबार आयोजित खबरदारीसभाका लागि यहाँ आएका दाहालले हमालको धनगढीस्थित निवासमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

    यस्तै शनिबार नै परराष्ट्रमन्त्री आरजु राणा देउवा, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, मुख्यमन्त्री कमलबहादुर शाह, प्रधानसेनापति अशोकराज सिग्देलले समेत भेटघाट गरेका छन् । उनीहरुले मेयर हमालको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार