Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • भीम रावललाई निष्काशन गरेपछि कर्ण थापाको टिप्पणी – ठण्डा दिमागले सोचौँ, देश आबेगमा बन्दैन

    भीम रावललाई निष्काशन गरेपछि कर्ण थापाको टिप्पणी – ठण्डा दिमागले सोचौँ, देश आबेगमा बन्दैन

    अनलाइन नेपाल
  • शनिबार, १३ पुष २०८१
  • 6.5K
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता कर्ण बहादुर थापाले नेतृत्वलाई ठण्डा दिमागले सोच्न अनुरोध गरेका छन् ।

    एमालेका पूर्वउपाध्यक्ष तथा पूर्व गृहमन्त्री समेत रहेका डा. भीम रावललाई पार्टीबाट निष्काशन गरेपछि शनिबार बिहान सामाजिक सञ्जालमार्फत उनले अध्यक्ष केपी शर्मा ओलीलाई यस्तो आग्रह गरेका हुन् ।



    उनले असल नियतका साथ साधारण छलफलबाट समाधान गर्न सकिने विषयलाई झनै जटिल बनाउने व्यबहारले संसारै बदल्ने कुरा गर्दा अपत्यारिलो हुन्छ कि भन्दै प्रश्न गरे ।

    उनले भनेका छन्, ‘ठण्डा दिमागले सोचौँ । देश आबेग, उत्तेजना,निराशा र असन्तुष्टि वा विरोधले बन्दैन है । सबैका अनुभव र योग्यतालाई मिलाएर एकलयमा काम गर्दा मात्रै सही परिणाम निकाल्न सकिन्छ । सही ढंगले सौचौँ, त्यही अनुसार कदम चालौँ । नकारात्मक काममा एक सेकेन्ड समय पनि खेर नफालौँ ।’

    थापा पनि सुदूरपश्चिमका नेता हुन् । उनको पनि पछिल्लो समय अध्यक्ष ओलीसँग दुरी बढेको चर्चा छ ।

    बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो भने स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । सो निर्णय पश्चात एमालेमा तरंग पैदा भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार