Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • आइपिएलमा चेन्नईको विजयी सुरुआत

    आइपिएलमा चेन्नईको विजयी सुरुआत

    अनलाइन नेपाल
  • आइतबार, ४ असोज २०७७
  • 2.5K
    SHARES

    एजेन्सी । इइन्डियन प्रियिमर लिग (आईपीएल) को १३ औँ सिजनको पहिलो खेलमा चेन्नई सुपरकिंग्सले डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको छ ।

    जितका लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्दै विजयी सुरुवात गरेको हो । चेन्नईको जितमा फाफ डु प्लेसिस ४४ बलमा ६ चौका सहित ५८ रनमा अविजित रहे । अन्तिम ओभरमा जितका लागि पाँच रन चाहिँएको अवस्थामा फाफ डु प्लेसिसले ट्रेन्ट बोल्टलाई सुरुवाती दुई बलमा लगातार चौका प्रहार गर्दै जित दिलाएका थिए । युवा अलराउन्डर साम करन ६ बलमा १ चौका र २ छक्का सहित १८ रनमा क्याच आउट भए ।



    चेन्नईको जितमा आम्बाती रायुडूले ४८ बलमा ६ चौका र ३ छकका सहित ७१ रनको योगदान दिए । खराब सुरुवात गरेको चेन्नईलाई तेस्रो विकेटका लागि रायुडू र डु प्लेसिसले १ सय १५ रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए । रायुडू १६ औं ओभरको अन्तिम बलमा राहुल चहरको बलमा कट एण्ड बोल्ड आउट हुन पुगे ।



    पहिलो ओभरको अन्तिम बलमा ट्रेन्ट बोल्टले ओपनर शेन वाटसनलाई ४ रनमा एलबिडब्लू आउट गरेका थिए । दोस्रो ओभरको अन्तिम बलमा जेम्श प्याटिनसनले मुरली वियजयलाई १ रनमा एलबिडब्लू आउट गर्दै चेन्नई २–६ को अवस्थामा पुगेको थियो । तर तेस्रो विकेटका लागि डु प्लेसिस र रायुडूले उत्कृष्ट साझेदारी गर्दै अघि बढाएका थिए ।

    रविन्द्र जडेजा १८ औं ओभरको पहिलो बलमा क्रुनाल पान्ड्याको एलबिडब्लू आउट हुनुअघि ५ बलमा २ चौका सहित १० रनमा आउट भए । मुम्बईको ट्रेन्ट बोल्ट, जेम्स प्याटिनसन, जस्प्रित बुमराह, क्रुनाल पान्ड्या र राहुल चहरले १–१ विकेट लिए ।

    त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६२ रन बनाएको थियो । ओपनर क्विन्टन डी कक र रोहित शर्माले ४.४ ओभरमा ४६ रनको साझेदारी गर्दै मुम्बईलाई राम्रो सुरुवात दिएका थिए । स्पिनर पियुष चवलाले साम करनबाट राहित शर्मालाई १२ रनमा क्याच आउट गराउँदै साझेदारी तोडे । रोहितले १० बलमा २ चौका प्रहार गरे ।

    लगत्तै छैटौं ओभरको पहिलो बलमा युवा तीव्र गतिका बलर साम करनले अर्का ओपनर डी ककलाई शेन वाटसनबाट ३३ रनमा आउट गराए । डी ककले २० बलमा ५ चौका प्रहार गरे । दीपक चहरको ११ औं ओभरको अन्तिम बलमा सूर्यकुमार यादव ठूलो सट खेल्ने क्रममा १७ रनमा करनको हातबाट बाउन्ड्री नजिकै समातिन पुगे ।

    चेन्नईलाई रविन्द्र जडेजाले १५ औं ओभरमा दुई प्रमुख विकेट लिदैं खेलमा फर्काएका थिए । जडेजाको १५ औं ओभरको पहिलो बलमा ठूलो सट खेल्ने धुनमा सौरभ तिवारीलाई फाफ डु प्लेसिसले बाउन्ड्री छेउमा उत्कृष्ट क्याच लिदै ४२ रनमा पेभिलिएन फर्काए । तिवारीले ३१ बलमा ३ चौका र १ छक्का प्रहार गरे । यसै ओभरको पाँचौ बलमा हार्दिक पान्ड्या ठूलो सट खेल्ने क्रममा पुनः डु प्लेसिसले उत्कृष्ट क्याच आउटको शिकार हुँदै १४ रनमा पेभिलिएन फर्केका थिए । हार्दिकले १० बलमा २ छक्का प्रहार गरे ।

    १७ औं ओभरको पहिलो बलमा क्रुनाल पान्ड्यालाई लुग्नी एनगिडीले तीन रनमा महेन्द्रसिंह धोनीबाट क्याच आउट गराए । १९ औं ओभरको पहिलो बलमा एनगिडीले आक्रामक ब्याट्सम्यान काइरन पोलार्डलाई धोनीबाट १८ रनमा क्याच आउट गराएपछि मुम्बईको ठूलो योगफलको सम्भावना टाढिएको थियो । पोलार्डले १४ बलमा समान १ चौका र छक्का प्रहार गरे । जेम्स प्याटिनसन ११ र ट्रेन्ट बोल्ट शून्यमा आउट भए । जस्प्रित बुमराह ५ रनमा अविजित रहे ।

    चेन्नईका रविन्द्र जडेजाले ४ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । पियुष चवलाले ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिए । साम करनले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए । लुन्गी एनगिडीले ४ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए । दीकप चहरले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । चेन्नईले दोस्रो खेलमा सेप्टेम्बर २२ मा राजस्थान रोयल्ससँग खेल्ने छ । मुम्बईले २३ सेप्टेम्बरमा कोलकाता नाइट राइडर्ससँग खेल्ने छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार