Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • विपद् जोखिम न्यूनीकरणका लागि संरचना बलियो बनाउनुपर्छ : गृहमन्त्री लेखक

    विपद् जोखिम न्यूनीकरणका लागि संरचना बलियो बनाउनुपर्छ : गृहमन्त्री लेखक

    अनलाइन नेपाल
  • बिहिबार, ११ पुष २०८१
  • 66
    SHARES

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले स्थानीय तहका विपद् जोखिम न्यूनीकरणसम्बन्धी संरचना बलियो बनाउनुपर्ने बताएका छन्।

    काठमाडौंमा आयोजित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।



    विपद् जोखिम न्यूनीकरणका लागि निर्माण भइसकेका संरचनालाई बलियो बनाउन जरूरी रहेको उनले बताए। उनले संघदेखि स्थानीय तहसम्मका विपद् जोखिम न्यूनीकरणसम्बन्धी संरचनालाई बलियो बनाउन जरूरी रहेको बताए।



    गृहमन्त्री लेखकले जोखिमको पहिचान गरेर आवश्यक संरचना निर्माण गर्न जरूरी रहेको बताए।

    गृहमन्त्री लेखकले नेपाल विपद् जोखिमको पनि उच्च जोखिममा रहेको उल्लेख गर्दै सबै मिलेर विपद् जोखिम न्यूनीकरणका लागि पहल गर्न आवश्यक रहेको बताए।

    उनले भूगोलको जोखिम, प्राकृतिक जोखिम र मानव सिर्जित जोखिमहरूलाई कम गर्नेगरी अघि बढ्न जरूरी रहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार