एजेन्सी । पाकिस्तानको हवाई हमलामा अफगानिस्तानमा १५ जनाको मृत्यु भएको छ ।
पाकिस्तानी तालिबानका संदिग्ध लुकेको क्षेत्रलाई निशाना बनाएर गरिएको आक्रमणमा महिला र बालबालिकासहित १५ जनाको मृत्यु भएको हो ।
अफगानिस्तानको रक्षा मन्त्रालयले पाकिस्तानी हवाई आक्रमणको निन्दा गरेको छ ।
काबुलले महिला र बालबालिकासहित सर्वसाधारणलाई निशाना बनाएर हमला गरिएको आरोप लगाएको छ ।
अफगानिस्तानले यसलाई अन्तर्राष्ट्रिय नियमको उल्लंघन भनेको छ । अफगानिस्तानले हवाई आक्रमणको जवाफ दिने बताएको छ।
Leave a Reply