कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) गणेश चन्द हाल निरीक्षण र निर्देशनमा व्यस्त छन् ।
यही पुस १ गते सुदूरपश्चिम प्रदशको कमाण्ड सम्हालेका डीआईजी चन्द यहाँका विभिन्न जिल्ला पुगेर निरीक्षण गरिरहेका हुन् । उनी हाल सुदूरपश्चिमका पहाडी जिल्लामा पुगेर निरीक्षण तथा आवश्यक निर्देशन दिइरहेका छन् ।
मंगलबार उनले जिल्ला प्रहरी कार्यालय बैतडी र दार्चुलाको स्थलगत निरीक्षण गरे । प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार बैतडीमा उनले कार्यालय भवन, सम्पुर्ण शाखाहरु, ब्यारेक, मेस तथा हिरासत कक्षको निरीक्षण गरेका थिए भने जिल्ला प्रहरी कार्यालय बैतडी तथा मातहत समेतमा कार्यरत विभिन्न युनिटहरुका ईन्चार्जहरुलाई आवश्यक निर्देशन दिए ।
उनले निर्देशनको क्रममा सम्पुर्ण प्रहरी कर्मचारीहरुले आपसी सद्भाव तथा भाईचारा भावना कायम राख्दै आचरण तथा व्यवहारमा सुधार ल्याई आफ्नो काम, कर्तव्य र जिम्मेवारी त्रुटीरहित ढंगबाट सम्पादन गरी संगठनको लक्ष्य र उद्देश्यलाई सदैव प्राथमिकतामा राखी काम गर्न भनेका छन् ।
यस्तै उनले दार्चुलामा पनि कार्यालय भवन, सम्पुर्ण शाखाहरु, ब्यारेक, मेस तथा हिरासत कक्षको निरीक्षण गरेका थिए । साथै जिल्ला प्रहरी कार्यालय दार्चुला तथा मातहत समेतमा कार्यरत विभिन्न युनिटहरुका ईन्चार्जहरुलाई आवश्यक निर्देशन दिए । साथै निरीक्षण भ्रमणका क्रममा उनले जिल्ला सुरक्षा समितिका सम्पुर्ण पदाधिकारीसँग समसामयिक बिषय बस्तुको बारेमा छलफल समेत गरे ।
उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, भौतिक पुर्वाधार शाखा धनगढी, कैलालीका प्रहरी नायव उपरीक्षक ई. चिरन्जीबि प्रताप महतो, जिल्ला प्रहरी कार्यालय दार्चुलाका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश दाहाल लगायत जिल्ला प्रहरी कार्यालय दार्चुला र अन्तर्गतमा कार्यरत प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
यसैगरी यसअघि डीआईजी चन्दले नेपाल प्रहरी बिशेष सुरक्षा गण महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको पनि स्थलगत निरीक्षण गरेका थिए ।
त्यहाँ पनि उनले प्रहरी कर्मचारीहरुलाई सिमावर्ती अपराध र तस्करी नियन्त्रणमा शुन्य सहनसिलताको नीति अपनाई उपलब्धिमुलक ढंगले कार्य सम्पादन गर्न निर्देशन दिएका थिए । अब उनले बाँकी जिल्लाहरुको पनि निरीक्षण गर्ने कार्यतालिका छ ।
Leave a Reply