Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • बाबुराम भट्टराई भन्छन् – वैकल्पिक राजनीति कसैको लहडमा हैन, युगको आवश्यकताले जन्माउने हो

    बाबुराम भट्टराई भन्छन् – वैकल्पिक राजनीति कसैको लहडमा हैन, युगको आवश्यकताले जन्माउने हो

    अनलाइन नेपाल
  • बुधबार, १० पुष २०८१
  • 120
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईले वैकल्पिक राजनीति कसैको लहडमा नभइ युगको आवश्यकताले जन्माउने बताएका छन् ।

    मङ्गलबार आफ्नो आधिकारिक फेसबूक ह्यान्डलमार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले यस्तो बताएका हुन् ।



    ‘वैकल्पिक राजनीति कसैको लहडमा हैन, युगको आवश्यकताले जन्माउने हो,’ उनले भनेका छन्, ‘सत्य र न्यायको कर्म र ज्ञान-विज्ञानको खोजी एकै झट्कामा पूरा हुने विषय हैनन् । अन्तिम सफलता थुप्रै असफलताको चरण पार गरेर मात्र प्राप्त हुन्छ।’



    उनले नेपालका पुराना दलहरूलाई धोइपखाली गर्नतिर नलागेर नयाँ वैकल्पिक शक्ति निर्माणमा ध्यान दिनुपर्ने बताएका छन् । उनले लेखेका छन् ‘पुराना शक्तिहरूलाई धोइपखाली गर्न वा उनीहरूसँग लसपस गर्न छाडेर अब सबै नयॉं वैकल्पिक राजनीतिक शक्ति निर्माणमा केन्द्रित होऔँ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार