Online Nepal
  • बुधबार, १० पुष २०८१
  • राज्य व्यवस्था समितिबाट पनि रवि लामिछाने निलम्बित

    राज्य व्यवस्था समितिबाट पनि रवि लामिछाने निलम्बित

    अनलाइन नेपाल
  • मंगलबार, ९ पुष २०८१
  • 318
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राज्य व्यवस्था समितिबाट पनि निलम्बन गरिएको छ ।

    राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा सभापति रामहरि खतिवडाले लामिछाने समितिको सदस्यबाट निलम्बित भएको पत्र पढेर सुनाएका हुन्।



    सहकारी बचत अपचलन, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा अदालतमा दर्ता भएपछि रवि लामिछाने हिजो मात्रै प्रतिनिधिसभा सदस्यबाट निलम्बनमा परेका थिए।



    निलम्बनविरुद्ध रास्वपा अदालत जाने भएको छ । लामिछाने गत २ कातिकमा काठमाडौंबाट पक्राउ परेका थिए ।

    सहकारी ठगी प्रकरणमा प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरेको छ ।

    सोमबारबाट सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बयान सुरु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार