Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • बहुविवाह गर्न नक्कली बुवा बनेका ऐर पक्राउ

    बहुविवाह गर्न नक्कली बुवा बनेका ऐर पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ८ पुष २०८१
  • 219
    SHARES

    कञ्चनपुर । कञ्चनपुरमा अमेरिकाको भिसाको प्रलोभन देखाएर नक्कली विवाह गरेको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका–३ बस्ने ४२ वर्षीय बिरबहादुर ऐर रहेका छन् ।

    कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीका अनुसार ऐरलाई शनिबार डडेल्धुराबाट पक्राउ गरिएको हो ।



    ऐरले पेशाले इन्जिनियर र अमेरिकाको भिसा लागिसकेको भन्दै ठगेर कञ्चनपुरकी युवतीसँग बहुविवाह गरेका डडेल्धुराकै भागेश्वर गाउँपालिका–४ का ३२ वर्षीय विष्णुप्रसाद मालीका नक्कली बुवा बनेर कुरा गरेका थिए ।



    नक्कली बुवा बनेर युवतीको परिवारसँग टेलिफोनमा कुराकानी गर्दै बहुविवाह गराउन भूमिका खेलेका कारण उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    यो घटनामा मध्यस्थकर्ताको भूमिका खेलेको आरोपमा कञ्चनपुरको वेदकोट नगरपालिका–२ का जनकबहादुर धामीलाई पनि प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

    मालीले कञ्चनपुरकै ३१ वर्षीया युवतीलाई सामाजिक सञ्जालबाट प्रेममा पारेर पेशाले इन्जिनियर बताउँदै अमेरिकाको भिसा समेत लागिसकेको भनेर ढाटेर २२ मंसिरमा विवाह गरेका थिए ।

    तर पछि उनी इन्जिनियर नभएर गाडीका सहचालक भएको खुलेको थियो भने यसअघि नै विवाह गरेको पाइएको थियो । कञ्चनपुर प्रहरीले उनलाई पक्राउ गरेर बहुविवाह मुद्दा चलाएको छ । धामी र ऐरलाई मतियार बनाएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार