Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • यस्तो छ रविको सांसद पद निलम्बन गर्न पठाएको पत्र !

    यस्तो छ रविको सांसद पद निलम्बन गर्न पठाएको पत्र !

    अनलाइन नेपाल
  • आइतबार, ७ पुष २०८१
  • 876
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संघीय सांसद पद निलम्बन गर्ने पत्र संसद् सचिवालयमा आइपुगेको छ ।

    जिल्ला सरकारी वकिलको कार्यालयले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा जिल्ला अदालत कास्कीमा दर्ता गरेसँगै सांसद पदबाट निलम्बनका लागि पत्र आइतबार अपरान्ह सचिवालयमा आइपुगेको हो ।



    ‘…चितवन जिल्ला क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय रवि लामिछाने विरुद्ध कास्की जिल्ला अदालतमा मिति २०८१।०९।०७ गते आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी समेत मुद्दाको पूरक अभियोगपत्र दर्ता भएको ब्यहोरा सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण ऐन, २०६४ को दफा २७ को प्रयोजनार्थ जानकारीको लागि अनुरोध गरिएको छ भन्ने जिल्ला सरकारी वकिल कार्यालय कास्कीको पत्र यस कार्यालयमा प्राप्त हुन आएको हुँदा उक्त पत्र यसै साथ संलग्न राखी पठाइएको ब्यहोरा सादर अनुरोध गरिएको छ’, जिल्ला प्रहरी कार्यालय कास्कीको पत्रमा भनिएको छ ।



    लामिछानेविरुद्ध २७ करोड रुपैयाँ बिगो दाबीसहित जिल्ला अदालत कास्कीमा सम्पत्ति शुद्धीकरणको मुद्दा पुगेसँगै सांसद पद स्वतस् निलम्बनमा पर्ने सम्भावना बढेको छ ।

    जिल्ला सरकारी वकिलको कार्यालयले रविविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी तीनवटा कसुरमा मुद्दा अघि बढाइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार