Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • रविको बयान – सहकारीको पैसा मेरो पेटमा एक रुपैयाँ पनि परेको छैन

    रविको बयान – सहकारीको पैसा मेरो पेटमा एक रुपैयाँ पनि परेको छैन

    अनलाइन नेपाल
  • आइतबार, ७ पुष २०८१
  • 204
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।

    आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले जिल्ला अदालत, कास्कीमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा दर्ता गराएको मुद्दाको अभियोगपत्रमा उल्लेखित बयानमा पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका उनले यस्तो दाबी गरेका हुन् ।



    उनले त्यसको पुष्टि संसदीय विशेष छानबिन समितिको प्रतिवेदनले पनि गर्ने बताएका छन् ।



    ‘सहकारीको रकम अपचलन गर्नमा मेरो संलग्नता नभएको कुरा संसदीय छानबिन विशेष समितिले पेस गरेको प्रतिवेदनमा समेत स्पष्ट रूपमा उजागर भइसकेको अवस्था छ । म यी कसूरमा कहीँ कतै कुनै पनि तवरबाट संलग्न छैन र थिइनँ,’ बयानमा उल्लेख छ ।

    साथै सहकारीको पैसा आफ्नो पेटमा एक रुपैयाँ बराबरको पनि नपरेको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार