Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • नक्कली प्रमाणपत्र पेस गरेर बढुवा हुने जुनियर असिस्टेन्टविरुद्ध मुद्दा दायर

    नक्कली प्रमाणपत्र पेस गरेर बढुवा हुने जुनियर असिस्टेन्टविरुद्ध मुद्दा दायर

    अनलाइन नेपाल
  • आइतबार, ७ पुष २०८१
  • 189
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनका जुनियर असिस्टेन्टविरुद्ध मुद्दा दायर गरेको छ ।

    अख्तियारले जुनियर असिस्टेन्ट पदमा बढुवा हुनका लागि शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र बनाएको आरोपमा मनसुन नेपालविरुद्ध मुद्दा दायर गरेको हो।



    अख्तियारका अनुसार जुनियर असिस्टेन्ट पदमा बढुवा हुनका लागि नेपालले नक्कली प्रमाणपत्र पेश गरेका थिए ।



    अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनले स्कूल तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी बढुवा भएको उजुरी आयोगमा परेको थियो ।

    अनुसन्धानका क्रममा उनको एसएलसीको लब्धाङ्क पत्र र परोपकार आदर्श माध्यमिक विद्यालय, काठमाडौंबाट जारी भएको चारित्रिक प्रमाणपत्र नक्कली भएको पुष्टि भएको थियो ।

    आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम उनलाई कैद र जरिवाना सजायको मागदाबी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार