Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • सहकारी ठगीमा रविसहित तीन जनाको सम्पत्ति जफत गर्न माग

    सहकारी ठगीमा रविसहित तीन जनाको सम्पत्ति जफत गर्न माग

    सम्पत्ति शुद्धिकरणमा २७ करोड ८९ लाख बिगो माग

    अनलाइन नेपाल
  • आइतबार, ७ पुष २०८१
  • 558
    SHARES

    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ ।

    जिल्ला सरकारी वकिल कार्यालय कास्कीले रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको हो ।



    गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका रवि लामिछानेविरुद्ध आज सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दर्ता भएको सरकारी वकिल कार्यालयले जनाएको छ।



    सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा रविसहित तीन जनाको सम्पत्ति पनि जफत गर्न पनि माग गरिएको छ।

    रविविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा २७ करोड ८९ लाखको विगो मागदाबी गरिएको छ । सरकारी वकिल कार्यालयले अदालतमा लगेको अभियोगपत्रमा रविविरुद्ध सहकारी ठगी मुद्दामा ३ करोड ३७ लाखको विगो मागदाबी गरेको छ ।

    पूर्वडीआईजी छविलाल जोशीको हकमा भने सहकारी ठगीमा पाँच करोड २६ लाख र सम्पत्ति शुद्धीकरणमा १४ करोड ३४ लाख रूपैयाँको विगो मागदाबी गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ ।

    सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा रवि पत्नी निकिता पौडेललाई पनि प्रतिवादी बनाएर अभियोग पत्र दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय कास्की स्रोतले बतायो ।

    प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको मिसिलमा रविविरुद्ध सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद, संगठित अपराधमा थप ५० प्रतिशत सजाय र सम्पत्ति शुद्धीकरणमा २ देखि १५ वर्ष कैद र बिगोको दोब्बर जरिवाना लगाउनुपर्ने राय दिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार