काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय लगानीकर्तालाई नेपालमा लगानी बढाउन आग्रह गरेकी छन्।
नयाँ दिल्लीमा आयोजित नेपाल भारत आर्थिक सम्मेलनलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री देउवाले यस्तो आग्रह गरेकी हुन् ।
उनले सडक, रेलमार्ग, जलविद्युत्, केबल कार, अन्तर्राष्ट्रिय विमानस्थल, कृषि, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरिन् ।
नेपालका कृषि, पर्यटन, खेलकुद, सूचना प्रविधि जस्ता क्षेत्रमा लगानी गर्दा उच्च प्रतिफलको सम्भावना रहेको समेत उनले बताएकी छन् ।
उनले नेपालले लुम्बिनी र पोखरामा दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल समेत बनाएको भन्दै यसको पूर्णतः सञ्चालनका लागि सहयोग समेत मागेकी छन् ।
Leave a Reply