Online Nepal
  • बुधबार, ३ पुष २०८१
  • विभागहरूलाई एमालेको निर्देशन – पुस १५ भित्र विभागीय रिपोर्ट तयार पार्नू

    विभागहरूलाई एमालेको निर्देशन – पुस १५ भित्र विभागीय रिपोर्ट तयार पार्नू

    अनलाइन नेपाल
  • बुधबार, ३ पुष २०८१
  • 57
    SHARES

    काठमाडौं । नेकपा एमालेले पुस १५ भित्र पार्टीका विभागहरूलाई विभागीय रिपोर्ट तयार गर्न निर्देशन दिएको छ ।

    बुधबार पार्टी मुख्यालय च्यासलमा बसेको विभागका प्रमुख र सचिवहरूको संयुक्त बैठकले यस्तो निर्देशन दिएको हो ।



    महासचिव शंकर पोखरेलका अनुसार बैठकले पुस १५ गतेभित्र सबै विभागलाई विभागीय कामको रिपोर्ट तयार गर्न निर्देशन दिएको छ ।



    यस्तै बैठकले पार्टीका विरुद्धको घेराबन्दी र आक्रमणलाई दृढतापूर्वक सामना गर्ने र पार्टी तथा सरकारको कामलाई थप प्रभावकारी बनाउने सन्दर्भमा महत्त्वपूर्ण छलफल गरेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार