काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पुनः म्याद थपका लागि अदालतमा उपस्थित गराइने भएको छ ।
लामिछानेलाई हिरासतमा राख्न पछिल्लो पटक लिएको ५ दिनको म्याद सोमबार सकिसँगै मंगलबार फेरि कास्की अदालतमा उपस्थित गराउन लागिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार अभियोजन नगर्दासम्म हिरासतमा राख्न म्याद लिनुपर्ने भएकाले अदालतमा उपस्थित गराउन लागिएको छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिन अनुसन्धान गर्न पाउने समय हुँदा पुस ५ मा उनीविरुद्ध अभियोग पत्र दायर गरिँदै छ । प्रहरीले अनुसन्धान प्रतिवेदन तयार गरेर सरकारी वकिलको कार्यालयलाई हस्तान्तरण गरिसकेको छ ।
रवि लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पुगिसकेको छ ।
Leave a Reply