Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • एचआईभीको औषधिले कोरोनाभाइरस रोक्ने देखिएपछि औषधि उत्पादन बढाउन आदेश

    एचआईभीको औषधिले कोरोनाभाइरस रोक्ने देखिएपछि औषधि उत्पादन बढाउन आदेश

    अनलाइन नेपाल
  • शुक्रबार, ३० फाल्गुन २०७६
  • 2.3K
    SHARES

    काठमाडाैं । चीनबाट सुरुभ भइ विश्वभर फैलिरहेकाे कोरोनाभाइरस (कोभिड–१९) विरुद्दको खोप विकसित गर्न भारतका स्वास्थ्यविद्हरूले एकदेखि डेढ वर्ष लाग्ने बताएका छन् । तर साेही समयमा कोरोना संक्रमित रोगीहरूलाई राहत दिने एक खबर पनि सञ्चार माध्यममा आएको छ ।

    एचआईभीको उपचारमा उपयोग गरिने औषधि लोपिनाभिर र रिटोनाभिर कोरोनाका रोगीहरूका प्रभावकारी भइरहेको देखिएको छ। त्यसैले गर्दा नरेन्द्र मोदी सरकारले औषधि कम्पनीहरूलाई दुवै औषधिको उत्पादन बढाउने निर्देशन दिएको छ ।



    लोपिनाभिर र रिटोनाभिर एन्टी रेट्रोभाइरल औषधि हुन । तिनीहरूले एचआईभीलाई स्वस्थ कोशिकाहरूमा पस्न रोक्छन् । भारतले यी औषधिहरूको निर्यात अफ्रिकी देशहरूमा गर्ने गरेको छ ।



    बुधवार स्वास्थ्य मन्त्रालयले औषधि कम्पनीहरूसँग लामो बैठक गरेको छ । त्यसमा सहभागी विज्ञहरूले एचआईभीका औषधिहरूको स्टक बढाउन सिपला, माइलन लगायतका कम्पनीलाई निर्देशन दिएका छन् ।

    इटलीबाट भारत आएको एक दम्पतीमा लोपिनाभिर र रिटोनाभिरको मिश्रण दिइएको थियो । त्यस दम्पतीलाई जयपुरमा कोरोनाभाइरस संक्रमण भेटिएको थियो ।

    इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका डीजी बलराम भार्गवले भने, ‘दम्पतीसँग सहमति लिएरै औषधि दिइएको थियो । त्यसको असर राम्रो परेको थियो । १४ दिनपछि उनीहरू लगभग स्वस्थ छन् ।’

    ड्रग कन्ट्रोलर जनरल अफ इन्डियाले कोभिड–१९ को उपचारमा एचआईभी औषधि उपयोग गर्न अनुमति दिएको थियो । अहिलेसम्म कोरोनाभाइरसको कुनै पनि पक्का उपचार पत्ता लागिसकेको छैन । एजेन्सी

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार