काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि लागु हुने गरी मूल्य पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाइएको हो।
निगमले डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाइएको हो । डिजेल र मट्टीतेलको मूल्य भने प्रतिलिटर दुई रुपैयाँले घटाइएको निगमले जानकारी गराएको छ ।
निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ५९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर एक सय ६१ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६२ रुपैया तोकेको छ ।
यस्तै डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ४८ रुपैयाँ ५० पैसा, दोस्रा वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ५१ रुपैयाँ निर्धारण गरिएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट आइतबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा दुई रुपैयाँ २८ पैसा बढेको र डिजेलमा प्रतिलिटर एक पैयाँ ४८ पैसा घटेकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।
Leave a Reply