Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • मेल्लेख गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत अख्तियारमै घुस बोकेर पुगेपछि…

    मेल्लेख गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत अख्तियारमै घुस बोकेर पुगेपछि…

    अनलाइन नेपाल
  • शनिबार, २९ मंसिर २०८१
  • 819
    SHARES

    काठमाडौं । अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत धुर्व प्रसाद सापकोटा घुससहित पक्राउ परेका छन् ।

    हाल नुवाकोटको किस्पाङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत उनी शुक्रबार मुद्दा मिलाइदिन भन्दै अनुसन्धान अधिकृतलाई नै घुस दिन खोजेपछि पक्राउ परेका हुन् ।



    मेल्लेख गाउँपालिकामा मेसिनरी सामान खरिदसम्बन्धी उजुरी (दर्ता नं. ८०८१-C-०३०६७३) को छानबिनका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरले विस्तृत अनुसन्धान गर्दै सापकोटालाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।



    अनुसन्धानको क्रममा सापकोटाले उजुरीसम्बन्धी कागजात पेश गर्न आएका बेला, उनले अनुसन्धान अधिकृतलाई हरियो झोलाभित्र रहेको पहेँलो खाम बुझाएका थिए ।

    खाम खोल्दा त्यहाँ ३१ थान कागजातसँगै एक लाख नगद भेटिएको प्रवक्ता घिमिरेले बताए । सोधपुछका क्रममा सापकोटाले मुद्दा मिलाईदिनको लागि स्वेच्छाले ल्याएको भन्दै बयान दिएको बताइएको छ । उनलाई शुक्रबार अख्तियारको कार्यालय कञ्चनपुरबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार