Online Nepal
  • बुधबार, २६ मंसिर २०८१
  • गौतम बुद्ध विमानस्थलबाट प्रहरीकै मिलेमतोमा सुन तस्करी हुने गरेको खुलासा, जवान पक्राउ

    गौतम बुद्ध विमानस्थलबाट प्रहरीकै मिलेमतोमा सुन तस्करी हुने गरेको खुलासा, जवान पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २६ मंसिर २०८१
  • 405
    SHARES

    काठमाडौं । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान तस्करीको १५० ग्राम सुनसहित पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा प्रहरी जवान बाबुलाल विक पक्राउ परेका छन् । कतारबाट आएका एक युवकले तस्करी गरी ल्याएको सुन विमानस्थलबाट पास गराउने क्रममा उनी पक्राउ परेको बताइएको छ ।



    गत २३ मंसिरमा फ्लाइ दुबईको उडानमार्फत कतारबाट आएका जनार्दन गुप्ताले सो सुन ल्याएको खुलेको छ । गुप्ताले प्रहरी जवान विकलाई शौचालयमा सुन दिएको अनुसन्धानबाट खुलेको छ ।



    सुन लिएर आएका गुप्ता शौचालयमा डराएपछि त्यहाँ रहेका सफाई कर्मचारी राजन यादबले जवानलाई दिनु भनेको खुलेको छ । जसआधारमा यादबको समेत यसमा मिलेमतोको आशंका गरिएको छ । सो सुन लिएर निस्कन खोज्ने क्रममा प्रहरीले नै उनलाई नियन्त्रणमा लिएको हो ।

    प्रहरीले प्रहरी जवानसहित सुन ल्याउने जनार्दन र सफाई कर्मचारी राजनलाई पक्राउ गरी विमानस्थल भन्सार कार्यालमा बुझाएको छ । योसँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरी लगायत कर्मचारीकै मिलेमतोमा सुन तस्करी हुने गरेको खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार