Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • जनकपुर आइपुग्यो नेपाली रेल(भिडियाेसहित)

    जनकपुर आइपुग्यो नेपाली रेल(भिडियाेसहित)

    अनलाइन नेपाल
  • शुक्रबार, २ असोज २०७७
  • 3.4K
    SHARES

    धनुषा । भारतको जयनगरबाट नेपालका लागि प्रस्थान गरेको नेपाली रेलगाडी जनकपुर आइपुगेको छ । रेल भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै शुक्रबार जनकपुर आइपुगेको हो।

    नेपालको राष्ट्रिय झण्डा अंकित रंगमा तयार पारिएको दुवै रेल सेट जनकपुर आइपुगेको रेल्वे विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।



    रेल विभागले कुर्था–जनकपुरधाम–जयनगरसम्म रेल सञ्चालनका लागि १ अर्बको लागतमा रेलको बगी तथा इन्जिन खरिद गरेको छ । रेल सेटको निर्माण भारतको मद्रासस्थित रहेको इन्टिग्रल कोक्स नामक कम्पनीले गरेको हो । ती रेल सेटको आपूर्ति कोंकण रेल कर्पोरेशन कम्पनी लिमिटेडले गर्न लागेको छ ।



    भारतको जयनगरबाट जनकपुर हुँदै कुर्थासम्म ३४ किलोमिटरमा गत वर्षको मंसिर महिना पहिलो सातामै लिक परीक्षण भएपछि रामजानकी विवाह महोत्सवमै रेल सञ्चालन गरिने चर्चा थियो । तर, रेल नेपाल वा भारत कुन देशले किन्ने भन्ने अन्योलताले तोकिएको समयमा रेल्वे सञ्चालन हुन सकेको थिएन। रेलगाडी हेर्न अहिले स्थानीवासीहरुको जनकपुरधाममा भीड लागेको छ ।

    https://www.facebook.com/PrimeMinisternepal/videos/243386893716756

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार