Online Nepal
  • बुधबार, ३ पुष २०८१
  • स्वर्णिमलगायत रास्वपाका नेतालाई सर्वोच्चले भन्यो – अवहेलनाको आरोपमा किन कारबाही नगर्ने ?

    स्वर्णिमलगायत रास्वपाका नेतालाई सर्वोच्चले भन्यो – अवहेलनाको आरोपमा किन कारबाही नगर्ने ?

    अनलाइन नेपाल
  • मंगलबार, २५ मंसिर २०८१
  • 120
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय उपसभापति स्वर्णिम वाग्लेलगायतका नेतालाई लिखित जवाफ माग गरेको छ ।

    न्यायाधीशहरू विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले मंगलबार विपक्षीहरूलाई लिखित जवाफ माग्ने आदेश गरेको हो । सर्वोच्चले लिखित आदेश भने जारी गरिसकेको छैन ।



    प्रहरीले पक्राउ गरेको र अदालतको अनुमतिमा म्याद थप भइसकेको व्यक्तिलाई रिहा गराउन दबाबस्वरुप सडक आन्दोलन गरेकोमा प्रश्न उठाइ अवहेलनाको कारबाही हुनुपर्ने भनी अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।



    मुद्दामा रास्वपाका सबै सांसदसहित २० जनालाई विपक्षी बनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार