Online Nepal
  • सोमबार, १ पुष २०८१
  • प्रदीप ज्ञवाली भन्छन् – व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन भएन

    प्रदीप ज्ञवाली भन्छन् – व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन भएन

    अनलाइन नेपाल
  • सोमबार, २४ मंसिर २०८१
  • 141
    SHARES

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले विभिन्न आन्दोलनपछि मुलुकको व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन हुन नसकेको बताएका छन् ।

    रामप्रसाद राई स्मृति प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको विचार गोष्ठीमा ज्ञवालीले मुलुकको व्यवस्था परिवर्तनसँगै अब जनताको अवस्था परिवर्तनमा ध्यान दिनुपर्ने समेत बताए ।



    तीन–तीनवटा ठूला परिवर्तनपछि पनि जनतामा देखिएका गुनासालाई सम्बोधन गर्नुपर्ने उनले बताए ।



    ज्ञवालीले विभिन्न आन्दोलनपछि मुलुक र जनताको अवस्थामा केही सुधार भए पनि क्रान्तिले लिएको लक्ष्यसम्म भने पुग्न नसकिएको धारणा राखे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार