Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • भ्रष्टाचार र अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन : गृहमन्त्री लेखक

    भ्रष्टाचार र अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन : गृहमन्त्री लेखक

    अनलाइन नेपाल
  • सोमबार, २४ मंसिर २०८१
  • 207
    SHARES

    सुर्खेत । गृहमन्त्री रमेश लेखकले भ्रष्ट्राचार र अपराध नियन्त्रणमा कुनै पनि सम्झौता नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

    कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले उक्त निर्देशन दिएका हुन् । उनले व्यावसायिकतामा सम्झौता नगरी काम गर्न सुरक्षा निकायलाई निर्देशन दिए।



    गृहमन्त्री लेखकले भने,‘अपराध गर्नेहरू सबै कानुनी दायरामा आउनु पर्छ । भ्रष्ट्राचार र अपराध नियन्त्रण हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ । निष्पक्ष, पारदर्शी र व्यावसायिकतामा कुनै हालतले कमी हुनुभएन र यससँग सम्झौता पनि हुन सक्दैन ।’



    उनले सरकारी सेवा प्रवाहमा समस्या रहेको भन्दै त्यसलाई थप सुदृढ बनाउन समेत १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकाय प्रमुखहरू निर्देशन दिए ।

    उनले लोकतन्त्र अनुशासनको पद्त्ति भएको तर अराजकताको व्यवस्था नभएको बताए । पछिल्लो समय व्यक्तिको चरित्र हत्या गर्ने, विभिन्न जाति, धर्म र क्षेत्रको बिचमा दोष गर्ने खालका गतिविधि बढेको भन्दै त्यसलाई नियन्त्रण गर्नेतिर केन्द्रीत हुन् सुरक्षा निकायलाई निर्देशन दिए ।

    अपराध गर्ने सबै कानुनको दायरा भित्र आउनुपर्ने उनले बताए । सेवा प्रवाह गर्दा ख्याल गर्न उनले सुरक्षा निकायलाई निर्देशन दिए ।

    गृहमन्त्री लेखकले देशमा अस्थिरता बढेपछि कांग्रेस र एमालेले गठबन्धन गरेर सरकार बनाएको बताए ।

    मुलुकमा काँग्रेस र एमालेले विशेष परिस्थितिमा गठबन्धन गरेर सुःखद परिणाम प्राप्त गरेको इतिहास रहेको भन्दै उनले अहिले पनि स्थिर सरकार र समीकरणका लागि दुवै दल मिलेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार