Online Nepal
  • बिहिबार, २७ मंसिर २०८१
  • आजको मौसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना

    आजको मौसम : यी स्थानमा वर्षा र हिमपातको सम्भावना

    अनलाइन नेपाल
  • सोमबार, २४ मंसिर २०८१
  • 171
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही र बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्य र पूर्वी तराइका धेरै भूभागमा हुस्सु र थोरै भूभागमा कुहिरो लागेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा पनि भइरहेको छ।



    सोमबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिक देखि साधारणतया बदली रहने छ ।



    सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू हल्का वर्षाको सम्भावना रहेको छ।

    सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार