Online Nepal
  • बुधबार, १० पुष २०८१
  • युरोपमा फेरी कोरोना बढ्न लागेको भन्दै विश्व स्वास्थ्य संगठनले दियो कडा चेतावनी

    युरोपमा फेरी कोरोना बढ्न लागेको भन्दै विश्व स्वास्थ्य संगठनले दियो कडा चेतावनी

    अनलाइन नेपाल
  • शुक्रबार, २ असोज २०७७
  • 3K
    SHARES

    एजेन्सी। चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोना भाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या नौ लाख नाघेको छ।

    कोरोनाबाट विश्वमै सबैभन्दा धेरै संक्रमण र मृत्यु अमेरिकामा भएको छ।



    हालसम्म त्यहाँ ६६,६९,३२२ भन्दा बढी संक्रमित भएका छन् भने १,९७,५८९ जनाको मृत्यु भएको छ।दोस्रो धेरै संक्रमित भारतका छन् भने तेस्रो बढी संक्रमित रहेको देश ब्राजिल हो।



    मृतकको सङ्ख्याको हिसाबले चाहिँ ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ। ब्राजिलमा १,३४,१०६ जनाले कोरोना भाइरसबाट ज्यान गुमाएका छन् भने भारतमा हालसम्म ८३,१९८ जनाको मृत्यु भएको छ।

    रुस १०,८१,१५२ संक्रमितसहित चौथो स्थानमा छ भने पाँचौँ स्थानमा रहेको पेरुमा ७,४४,४०० व्यक्ति सङ्क्रमित छन्।

    विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरसबाट हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला हप्तामा युरोपमा बढ्दो क्रममा संक्रमण देखिएको छ। विश्व स्वास्थ्य सङ्गठन कोरोना भाइरस संक्रमणबाट जोगिन साबधानी अपनाउन समेत आग्रह गरेको छ

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार